चामुण्डा बिन्द्रासैनी–३ चाम्रेकोटमा मिनि गाडी दुर्घटना

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ चाम्रेकोटमा मंगलबार बिहाँन मिनि गाडी देुर्घटना हुदाँ चार जना सामान्य घाइते भएका छन्।
चामुण्डा चाल्ने चौताराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१७० नम्बरको मिनी बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारि दिए ।
दुर्घटनामा परी चार जना यात्रु घाइते भएका छन् भने घाइते सबैको अवस्था सामान्य छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । घाइतेको उपचारका लागि दुल्लु अस्पताल पठाइएको छ ।
प्रतिक्रिया