छायानाथ अल्ट्रा म्याराथन असोजमा

छायानाथ अल्ट्रा म्याराथन असोजमा

मुगु –  जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । 

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार  प्रदान गरिने छ । प्रतियोगिताका निम्ति रु ३० लाख  विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर  दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई  चार हजार ८२० मिटरसम्म हुने छ । 

प्रतिक्रिया