विश्व मानवता दिवसमा सोसेक नेपालको पाँचबुँदे प्रतिबद्धता

विश्व मानवता दिवसमा सोसेक नेपालको पाँचबुँदे प्रतिबद्धता

काठमाडौँ –   विश्व मानवता दिवसको अवसरमा सोसेक नेपालले विपद् र संकटका बेला अग्रपङ्तिमा खटिने सबै मानवीय सहकर्मीप्रति सम्मान प्रकट गर्दै पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको सन्देशमा प्राकृतिक विपद्, जलवायुजन्य जोखिम, महामारी, दीर्घकालीन दारिद्र्य र सामाजिक बहिष्करणबाट प्रभावित समुदायसँग स्थानीय नेतृत्वमा आधारित, उत्तरदायी र समावेशी मानवीय सेवा सुनिश्चित गर्ने संकल्प व्यक्त गरिएको छ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाद्वारा जारी प्रतिबद्धतामा सोसेक नेपालले निम्न पाँच विषयलाई प्राथमिकता दिने उल्लेख गरेको छ । 

“मानवता हाम्रै कार्यको केन्द्र हो । कसैलाई पनि छोडिँदैन भन्ने विश्वाससहित सहकार्य र एकताको माध्यमबाट हामी पीडित समुदायसँग निरन्तर जोडिरहनेछौं,” सन्देशमा उल्लेख छ।

विश्वव्यापी रूपमा विपद्मा खटिने मानवीय सहकर्मीको योगदानलाई स्मरण गर्ने यस दिवसमा सोसेक नेपालले स्थानीय नेतृत्व, पारदर्शिता र समावेशितामार्फत अझ प्रभावकारी मानवीय प्रत्युत्तरमा दृढ प्रतिबद्धता जनाएको हो।

प्रतिक्रिया