श्रीकृष्ण माध्यमिक विद्यालयमा किशोरी शिक्षा कार्यक्रम सम्पन्न

दैलेख – दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा किशोरी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो । शिक्षकहरूको सक्रियता र संघसँगको समन्वयमा सोमबार एकदिने किशोरी शिक्षा कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रममा ५६ जना किशोरीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूलाई बाल यौन दुव्र्यवहार भनेको के हो, यसका प्रकारहरू के–के हुन्छन् भन्नेबारे उदाहरणसहित जानकारी दिइएको थियो । छलफलमार्फत बालबालिकामाथि हुने मानसिक, शारीरिक, मौखिक र अनलाइन माध्यमबाट हुने यौन दुव्र्यवहारका रूपहरूबारे सचेतना जगाइएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
कार्यक्रमले किशोरीहरूमा आत्म–सुरक्षाबारे ज्ञान बढाउनुका साथै यस्ता समस्याको पहिचान र रोकथाममा सजग बन्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन् ।
शिक्षकहरूका अनुसार यस्ता शिक्षा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न सकेमा किशोरीहरू आत्मविश्वासी बन्ने र समाजमा फैलिएका गलत प्रचलन र हिंसात्मक व्यवहार रोकथाममा टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया