७५ वर्षीय नन्दा राम शाहीको निधन

७५ वर्षीय नन्दा राम शाहीको निधन

सुर्खेत -  राउटे समुदायका ज्येष्ठ सदस्य ७५ वर्षीय नन्दा राम शाहीको हृदयघातका कारण बिहीबार बिहान  ९:३० बजे निधन भएको छ।

केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाइँ सरि लेकवेशी नगरपालिका–१० झुप्राखोला बसोबास गरिरहेका शाहीको बिहीबार निधन भएको राउटे समुदायसँग लामो समयदेखि कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार स्व. शाहीकी श्रीमतीको निधन एक वर्षअघि भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बनेका थिए ।  उनकि  ४५ वर्षीय छोरी बहिरा शाही र जुवाई चन्द्रमान शाही छन् उनको नातिनातिना ७ जना रहेका छन् । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल  झुप्रा खोला जङ्गलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १३५ रहेको छ । 

प्रतिक्रिया