खाडाचक्रमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम

कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिका–१ डोहोल टोलस्थित फूलबारी महिला समूहमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय, सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा आयोजित कार्यक्रममा चिन्ता भनेको के हो, यसलाई कसरी व्यवस्थापन गर्ने ?” भन्ने विषयमा सहभागी महिलाहरुलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रशिक्षकहरूले मानसिक स्वास्थ्यलाई बेवास्ता नगरी समयमै उचित उपचार र परामर्श लिनुपर्नेमा जोड दिएका थिए । साथै, नियमित व्यायाम, आत्म-नियन्त्रण, सकारात्मक सोच र समूहगत संवादलाई चिन्ता व्यवस्थापनका प्रभावकारी उपायका रूपमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी, महिलालाई सुरक्षात्मक सुविधा उपलब्ध गराउने सेफ हाउस सम्बन्धी जानकारी समेत दिइएको थियो । घरेलु हिंसा वा अन्य जोखिमपूर्ण अवस्थामा महिलाले सेफ हाउसमा गएर अस्थायी सुरक्षित बसोबाससँगै कानुनी, सामाजिक र मनोसामाजिक सहयोग पाउन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको थियो ।
प्रतिक्रिया