भैरवीमा तिज विशेष साँस्कृतिक प्रतियोगिता सम्पन्न

भैरवीमा तिज विशेष साँस्कृतिक प्रतियोगिता सम्पन्न

दैलेख -  दैलेखको भैरवी गाउँपालिकामा तिज विशेष साँस्कृतिक प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरिएको छ। कार्यक्रममा गाउँपालिकाको आयोजनामा र सोसेक नेपालको समन्वयमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता उपाध्यक्ष देवी भण्डारीले गरेकी थिइन् । प्रतियोगितामा सहभागी महिला समूहहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त महिला समूहसँगै सान्त्वना पुरस्कार पाउने समूहहरूलाई समेत सम्मान गरिएको थियो।

उक्त प्रतियोगिता मार्फत महिला सशक्तिकरण र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकहरूले जनाएको  छ ।

प्रतिक्रिया