भक्तपुरमा युवा गैसस महासंघको दुई दिने महासभा

काठमाडौंः युवा गैर सरकारी संस्था महासंघको महासभा भक्तपुरमा सुरुभएको छ । प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री महेन्द्र वहादुर शाहीले शनिबार एक कार्यक्रमको बिच युवा गैर सरकारी संस्था महासंघको भक्तपुरमा १४ औ महासभाको उद्घाटन गर्दै युवा शक्ति राज्यको उर्जा भए पनि त्यसको उपयोग राज्यले गर्न नसक्दा युवामा सकारात्मक भन्दा पनि नकरात्क प्रवृत्ति बढ्दै गएको बताएका हुन ।
प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका शाहीले भने–’ नेपालमा युवाको क्षेत्रमा गैर सरकारी संस्थाहरुले लगानी गरिरहेको भएपनि त्यसको उपलब्धी र प्रभावकारिता सम्वन्धमा उठेका प्रश्नका जपाफ महासंघले दिनसक्नुपर्दछ । “
नेता शाहीले भने –“ सबै संस्थाहरु एकै हुदैनन्, राम्रा काम गर्नेहरु खराबहरुले गर्दा बद्नाम भएका छन्।’ शाहीले राजनीतिक र सामाजिक दुवै क्षेत्रमा युवाहरुले नेतृत्व लिन नसकेको समेत बताए ।
सो कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा नागरिक संस्थाहरुको आवाज खुम्चिदै गएकोमा चिन्ता प्रकट गरे् । वस्नेतले युवाहरुका नयां आवश्कता र चाहाना समेटेर राष्ट्रिय युवा नीति २०८२ जारी भएको जिकिर गरे ।
युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले युवा शक्तिलाई समाज रुपान्तरण र राजनैतिक रुपान्तरणमा परिचालन गर्न आवश्यक रहेकोले महासंघले विशेष अभियान नै लियर लाग्ने बताए । २०६६ साल वाट महासंघले युवा मैत्री देश बनाउन पैरवी गर्दै आएकोमा अव स्थानीय युवा नीति वनाएर कार्यन्वयन गर्न सबै लाग्नु पर्ने आवश्यकतामा जोड दिए ।
युवा परिषद् सदस्य विनोद शाहीले कर्नालीले राजनैतिक र समाजिक रुपमा अब देशको नेतृत्व गर्नु पर्ने वेला आएको बताउदै महासंघबाट यसको सुरुवाद भएकोमा खुशी प्रकट गरे ।
महासंघको १४ औ महासभामा ७७ जिल्लाका १०५ जना प्रतिनिधिहरुको सहभागितामा रहेको छ । दुई दिनसम्म युवाका विविध एजेण्डामा छलफल गरी युवा घोषणा पत्र जारी गर्दै महासभा सम्पन्न हुनेछ । सो महासभाले रिक्त केन्द्रीय पदाधिकारी र सदस्य समेत चयन गरी संगठन सुदृढीकरण अभियान चलाउने महासचिव रविन्द्र लामिछानेले बताए ।
प्रतिक्रिया