तीजले विभेद अन्त्य र समानताको प्रेरणा दिन्छ : सांसद राना

तीजले विभेद अन्त्य र समानताको प्रेरणा दिन्छ : सांसद राना

काठमाडौँ -  प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र सामाजिक कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माणको प्रेरणा दिने बताएकी छन् ।

हरितालिका तीज २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै सांसद रानाले सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेकी छन् । उनले तीज पर्व केवल धार्मिक आस्था वा परम्परागत चाड मात्र नभई सामाजिकसांस्कृतिक एकता र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर भएको उल्लेख गरिन् ।

उनले तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेकी छन् । आधुनिक समाजमा तीज केवल गीत–संगीत र उमंगको पर्व नभई असमानता, भेदभाव र हिंसाविरुद्ध सामूहिक आवाज बुलन्द गर्ने महत्वपूर्ण माध्यम बनेको उनको भनाई छ  ।

प्रतिक्रिया