सुरेन्द्रको हत्याका आरोपित तीनै जना थुनामा
सुरेन्द्र मृत्यु प्रकरण : विदेश हुँदा विवाह गर्छु भनिन, काँशीकाँध बाेलाएर पुलबाट खसाइन्

दैलेख : विदेश छँदै दुई वर्ष लामो प्रेम सम्वन्धलाई विवाह परिणत गर्ने भनेकी प्रेमिकाबाट भेट भएकै दिन एक महिना अघि हत्या गरिएका भनिएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या घटनामा आरोपित तीन जनालाई मुछिएका दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
प्रेमिका भनिएकी महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका बुबा ६३ वर्षीय नैने बन र ५६ वर्षकी आमा भक्कु बनलाई पुर्पक्षका लागि जिल्ला कारागार थुनामा पठाइएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
विवाह गर्ने सल्लाहका लागि माइतीघर बेलाएकी प्रेमिकाले महाबु गाउँपालिका–४ को काँडासिरौला र वडा नं। ५ काँशिकाँध जोड्ने रापट झोलुङ्गे पुल नजिक साउन १० गते हत्या गरी खोलामा बगाएकी प्रहरी अनुसन्धानबाट खुलेकी भन्दै जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा आइतबार दर्ता भएको ‘कर्तव्य ज्यान’ अभियोगमा जनाइएको छ ।
जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेको अभियोग दाबी र अधिवक्ता ललितबहादुर थापाको प्रतिरक्षा बहसपछि दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट आज मंगलबार तीनै जना आरोपितलाई थुनामा राखी मुद्दाको तहकीकात गर्न आदेश भएको हो ।
सामाजिक सञ्जालबाटै प्रेम सम्वन्ध भएको र विवाह गर्नेसम्मको सहमती भइसकेपछि मलेसियाबाट सुरेन्द्रले दुई वर्ष अवधिमा ४ लाख ४६ हजार रुपैंयाँ पठाएकोमा विवाह पनि गर्न नचाहने र रकम समेत तिर्न नपरोस् भनी ती प्रेमिकाले षड्यन्त्रपूर्ण ढंगबाट हत्या गरेको अभियोगमा दाबी गरिएको छ ।
सुरेन्द्र र गंगाको प्रेम सम्वन्ध:
२०७९ असोज ३० गते मलेसिया पुगी ३३ महिनापछि गएको असार ३२ गते नेपाल फर्किएका सुरेन्द्र पढ्न बसेका भाईबहिनी र आफ्ना छोराछोरीसंग १० दिन सुर्खेतमा बिताएर असार १० गते मूलघर दैलेखको लैनचांैर जान छोडेर प्रेमिकालाई भेट्न जाँदा प्रेम सम्वन्धले ज्यान लिएको छ ।
४ वर्षको एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी छोडेर एक वर्ष अघि श्रीमति डल्ली शाहीले गाउँकै अर्को पुरुषसंग विवाह गरी गएपछि सुरेन्द्रले विवाह गर्ने सहमतीमा मलेसियाबाट पटक पटक गरी झण्डै चार लाख ४६ हजार रुपैंयाँ पठाउन लगाएकी ती प्रेमिकाले योजनावद्ध तरिकाबाट हत्या गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।
‘अविवाहित छु’ भनेकी ती महिलासंग विवाह गर्ने सहमतीमै पटकपटक गरी रकम सुरेन्द्रले रकम पठाउने गरेको र असार ३२ गते नेपाल फर्र्किएपछि विवाहको बारे कुरा गर्दा ती महिलाले ‘यतिबेला भरखरै बज्यै बितेकोले भेट्न नसक्ने भनेकी, सुरेन्द्रको निरन्तर दवावपछि चाहिँ आफू विवाहिता भएको र छ वर्षको छोरी रहेको’ खुलाएपछि उनीहरुबी विवाद भएको थियो ।
पहिले अविवाहिता हुँ भनेकी र पछि विवाहिता भएको, साथमा छोरी रहेको र त्यति ठूलो रकम खर्च भइसकेको अवस्थामा विवाह गर्ने वा नगर्ने भनी टेलिफोनबाटै सुरेन्द्रले सल्लाह मागेको विषयमा ‘जे गर्छौ तिमीहरु निधो गर तर केटी कस्तो हो रामरी बुझ्नू’ भनी आफूले राय दिएको सुरेन्द्रका बुबा बखत शाहीले सुनाए ।
पहिलेको श्रीमती एक वर्ष अघि परपुरुषसंग विवाह गरी गएको घटनापछि सुर्खेतले कम्पनी राम्रो नपरेको भनी घरमा रकम पठाउन छोडेका विषयमा थोरतिन बचाई राखेको होला भनेका थियौं, अर्को केटीलाई पठाउने गरेको नेपाल फर्र्किएपछि मात्र सुरेन्द्रले आफूलाई भनेको र रकम पठाएको आईएमई रसिदबाट समेत खुलेको बुबा बखत बताए ।
पढ्न बसेका १९ वर्षकी बहिनी, १६ वर्षको कान्छो भाई, आफ्नो सानो छोरी र छोरासंग १० दिन सुर्खेतमा बिताएर साउन १० गते विहान १० बजे मूल घर दैलेखको लैनचौरमा बस्ने बुबाआमा, आफ्नो ठूलो छोरी र माइलो भाईलाई भेट्न भनी सुर्खेतबाट हिंडेकै दिन सुरेन्द्रको हत्या भएको थियो ।
हत्या घटनाको परिवेश
रापटदेखि करिब ३५ किलोमीटर तल कयलकुनास्थित छामघाट खोलाको किनारमा अपरिचित व्यक्तिको मृत अवस्थामा फेला पारिएको भनिएको शव दैलेख अस्पतालमा राखिएकोमा आफन्तहरुले साउन ११ गते दिउँसो मात्र सुरेन्द्रको शव भनी परिवारजनले पहिचान गरेका थिए । घाँटी थिचिएको, टाउको धारिलो हतियार प्रहार भएको शव परिक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
साउन १० गते विहान सुर्खेतदेखि चामुण्डाबिन्द्रासैनीस्ति आफ्ना आमाबुबालाई भेट्न हिंडेका सुरेन्द्र दैलेख सदरमुकामदेखि घरमा जाने योजता त्यागेर दिउँसो करिब ४ बजेतिर प्रेमिकालाई भेट्न सार्वजनिक यातायात साधन बोलेरोमा चढेर महाबु गाउँपालिका–४ गैडाबाज पुगी त्यहाँदेखि पैदल एक घण्टाको यात्रापछि रापट पुलमा पुगेर धेरैबेरसम्म त्यहाँ पर्खेको र उनको त्यही हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको अघिल्लो दिन साउन ९ गते महिनावारी भएकी भनिएकी गंगाले घटनाको दिन साउन १० गते राति सवा ९ बजेतिर पुलमा पुगेर सुरेन्द्रसंग भेट भइसकेपछि चाउचाउको पाकेट खोलेर खाएका र किनारमा गई विवाद भई सुरेन्द्रको हत्या गरी रापटखोलामा फालेको मुख्य आरोपित गंगाले भनेको प्रहरी अनुसन्धान प्रतिवेदनमा खुलाइएको छ ।
सुरेन्द्र नेपाल आउने थाहा पाए लगतै फेसबुक, इमो, ह्वाट्एप लगायतका सामाजिक सञ्जाल र मोवाइलमा समेत व्लक गरेकी, रोजगारीका लागि विदेश जाने योजनाका साथ राहदानी बनाएकीबाट उनले रकम पचाउन हत्या गरेको हुनसक्ने परिवेशले जनाएको प्रहरी अनुसन्धान र अभियोगको अडान छ ।
मुख्य आरोपित गंगाले आफू रापट पुलमा पुग्दा सुरेन्द्रले पुलमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेपछि सोझै खोलामा खसेर पानीले बगाएको भनेकी र आमाबुबाले समेत पटक पटक टेलिफोन सम्वाद गरेको कल डिटेलमा देखिए पनि आफूहरुले कुरै नगरेको र उनीहरुको प्रेम सम्वन्ध बारे थाहै नभएको भनी कुरा लुकाएको थुनछेक बहसमा सहायक जिल्ला न्याधिवक्ता न्यौपानेको जिकीर थियो । (Paharedar)
प्रतिक्रिया