सोसेक नेपाल २८ औँ वार्षिकोत्सव मनाउँदै

सोसेक नेपाल २८ औँ वार्षिकोत्सव मनाउँदै

दैलेख -  सोसेक नेपालले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेको छ  । यस अवसरमा संस्थाका कार्यकारी निर्देशक हीरासिंह थापाले समुदाय, सरकार र सम्पूर्ण विकास साझेदारहरूलाई शुभकामना व्यक्त गर्दै विगत २८ वर्षको यात्रामा प्राप्त उपलब्धि सहित महत्वपुर्ण योगदान गर्न सफल भएको बताएका छन् । 

उनका समावेशी विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, मानव अधिकार प्रवर्द्धन तथा सुशासनजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सफल भएको शुभकामना सन्देशमा उल्लेख छ ।

“विगतको अनुभवलाई आधार बनाएर हामी अझ बढी पारदर्शिता, जवाफदेहिता र सहकार्यका साथ ग्रामीण समुदायको जीवनस्तर सुधारतर्फ निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,” थापाले भने ।

सोसेक नेपालले आगामी दिनमा पनि समुदायको सक्रिय सहभागिता, सरकारको नीतिगत समर्थन र विकास साझेदारहरूको सहकार्यलाई अझ सुदृढ गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने अठोट रहेको जनाएको छ।

संस्थागत यात्रामा निरन्तर साथ, माया र सहयोग प्रदान गर्ने सम्पूर्ण समुदाय, सरकार र साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्दै थापाले भविष्यमा पनि हातेमालो गर्दै अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया