कालिकोटमा अबरुद्ध राजमार्ग आंशिक सञ्चालनमा

कालिकोट - सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२, काले खोलास्थित अबरुद्ध राजमार्ग आंशिक रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षा र सडक अवरोधका कारण केही दिनदेखि रोकिएको यातायात आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो । हाल सडक मरम्मत र सफाइ कार्य जारी रहेकाले बस, ट्रकजस्ता ठूला सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले दिएको जानकारी अनुसार साना सवारी साधनहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ । प्रहरीले यात्रु तथा चालकलाई सुरक्षित यात्राका लागि सावधानी अपनाउन आग्रह गरेको छ । साथै, अविरल वर्षा र भू–क्षयको जोखिमका कारण सडक पूर्णरूपमा खुल्न अझै समय लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया