बाल अधिकारको लागि संसदीय मंच सातवटै प्रदेशमा गठन गरेकोमा सांसद रानालाई सम्मान

दैलेखःदैलेख माजिक सेवा क्षेत्रमा सक्रिय सोसेक नेपालले आफ्नो २८ औँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गरेको छ । यसै क्रममा सोसेक नेपालले बाल अधिकार को लागी संसदीय मञ्च केन्दीय संयोजक भई सात वटै प्रदेशमा शाखा गठन गरेकोमा संस्थाले संयोजक प्रतिनिधि सभा सदस्य सीता कुमारी रानालाई सम्मान गरेको छ ।
शुभकामना मन्तब्य दिदै उनले सोसेक नेपाल सङ्कटकाल देखि निरन्तर विपन्न परिवारका लागि काम गर्दै आएको भन्दै संस्थाले विकास मुखी सोचसहित काम गर्नुपर्नेमा जोड दिइन् । संस्था बालक देखि युवा जवानी अवस्थामा आउँदा धेरै समस्याहरु भोग्दै यहाँसम्म सोसेक आएको उनले बताइन् । यस संस्थाले स्थापना काल देखि नै महिला,बालवालिका,गरिब र आर्थिक अवस्था कमजोर भएका समुदायमा काम गर्दै आइरहेको स्मरण गराइन् ।
प्रतिक्रिया