जुम्ला र सुर्खेतमा विद्यालय सुशासनमा बाल सहभागिता अभिमुखीकरण

जुम्ला र सुर्खेतमा विद्यालय सुशासनमा बाल सहभागिता अभिमुखीकरण

सुर्खेत -  जुम्लाको चन्दननाथ नगरपालिका–८ मा रहेको श्री भैरव माध्यमिक विद्यालय रोकावाडामा विद्यालय सुशासनमा बाल सहभागिता सुनिश्चित गर्न बाल क्लबलाई लक्षित अभिमुखीकरण तालिम सम्पन्न भएको छ। उक्त तालिम एईआइएन लक्जेम्बर्गको साझेदारी, चन्दननाथ नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’को सहजीकरणमा सम्पन्न भएको हो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको श्री सिद्धबहीरा बालक विद्यालयमा पनि विद्यालय सुशासनमा बाल सहभागिताका लागि बाल क्लब अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त तालिम पनि एईआइएन लक्जेम्बर्गको साझेदारी, वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा सम्पन्न गरिएको हो।

त्यस्तै, भदौ ११ गते चन्दननाथ नगरपालिका–१ मा रहेको श्री मालिका आधारभूत विद्यालयमा समेत बाल सहभागिताका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको सोसेक नेपालले जनाएको छ।

 कार्यक्रममार्फत विद्यालय सुशासनमा बालबालिकाको सक्रिय भूमिका, उनीहरूको अधिकार र सहभागितालाई सुदृढ गर्दै विद्यालयस्तरमै बालमैत्री वातावरण निर्माण गर्न टेवा पुग्ने बिहानी परियोजनाले जनाएको छ ।

 

प्रतिक्रिया