सोसेक नेपालको १०औं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

सुर्खेत - सोसेक नेपालको १०औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट अध्यक्षमा मन्जु कुमारी खड्का, उपाध्यक्षमा कविराज रिजाल, महासचिवमा ललिता कुमारी भण्डारी, सचिवमा कमला कुमारी शर्मा, र कोषाध्यक्षमा संगिता राना निर्वाचित भएकी छिन् ।
त्यस्तै सदस्यहरूमा दुर्गा गिरी, मनसरा थापा मगर, नव राज विसि, कमला नेपाली र लक्ष्मी भण्डारी चयन भएकी छिन् । साथै संस्थाको नीति तथा कार्यक्रमलाई थप मजबुत बनाउन सुजन न्यौपानेलाई विज्ञ सदस्यको जिम्मेवारी दिइएको छ।
अधिवेशनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संस्थालाई अझ सक्षम, पारदर्शी र परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । उपस्थित प्रतिनिधिहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सामाजिक रूपान्तरण र विकासका अभियानलाई अझ प्रभावकारी बनाउने संकल्प समेत गरेका छन् ।
प्रतिक्रिया