मानव बेचविखन विरुद्धको दिवस मनाइदै

दैलेख: सामाजिक चेतना विकासमा क्रियाशील सरकारी निकाय र गैरसरकारी संस्थाहरुको सहकार्यमा दैलेखमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सोमबार आयोजना गरेको दिवस तयारी बैठकले सरकारी निकाय र गैरसरकारी संस्थाहरुको सहकार्यमा दिवस मनाउने निर्णय गरेको हो ।
दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसको दिन भदौ २० गते विहान प्लेकार्ड र व्यानर सहित प्रभातफेरी र जनचेतनामूलक कार्यक्रम गर्ने, त्यो दिन दैलेखका सबै रेडियो मार्फत जनचेतनामूलक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने निर्णय गरिएको गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले जानकारी दिइन् ।
यस बर्ष ‘तीनै तहका सरकार मिली गरौ हातेमालो, मावन बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ यो वर्षको नारा तय गरिएको छ ।
प्रतिक्रिया