शिक्षा नीति–कार्यक्रम कार्यान्वयनका लागि ५ दिने अभिमुखीकरण कार्यक्रम सुरु

सुर्खेत - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा कर्णाली प्रदेशमा ५ दिने प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ।
कार्यक्रमको उद्घाटन मन्त्रालयका सचिव चुडामणि पौडेलले गरेका हुन् । उद्घाटन सत्रमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीको अध्यक्षता रहेको थियो ।
अभिमुखीकरणमा कर्णाली प्रदेशका ७९ स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, १० जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि तथा विकास साझेदार संस्थाहरुको सहभागिता रहेको छ।
शिक्षासम्बन्धी नीति, नियम, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रम कार्यान्वयन विषयमा केन्द्रित अभिमुखीकरणमा सहभागीहरुलाई अद्यावधिक जानकारी, अनुभव आदान–प्रदान र कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे छलफल हुने बताइएको छ।
कर्णाली प्रदेशमा कार्यरत विकास साझेदार संस्थामध्ये सेभ द चिल्ड्रेन, युनिसेफ र सोसेक नेपालले समेत सहभागिता जनाएको छन्।
प्रतिक्रिया