जुम्लामा विद्यालय सुशासनका लागि बाल सहभागिता अभिमुखीकरण सम्पन्न

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको श्री चन्दननाथ नमुना माध्यामिक विद्यालयमा विद्यालय सुशासनमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न १ दिने बालक्लब अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा तालिम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, बालक्लबका पदाधिकारी तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।
तालिममार्फत बाल अधिकार, विद्यालय सुशासन, नेतृत्व विकास र विद्यालयस्तरमा बालबालिकाको अर्थपूर्ण सहभागिताबारे सहभागीलाई जानकारी दिइएको थियो । आधार परियोजनाका अनुसार यस किसिमका तालिमले विद्यालयमा उत्तरदायित्व, पारदर्शिता र सहजीवन संस्कृतिलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया