कालिकोटमा मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम

कालिकोटमा मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिका–६ ताडीस्थित श्री जनजीवन माध्यमिक विद्यालयमा मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा समन्वय बैठक सम्पन्न भएको छ ।।

एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरण विद्यालयका निमित्त प्रधानाध्यापक श्रीलाल भट्टराईको अध्यक्षतामा बसेको समन्वय बैठकले ‘मानव बेचबिखनविरुद्धको अभियानमा हाम्रो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

साथै कार्यक्रममा घरदैलो सचेतना अभियान सञ्चालन गरी बाल हेल्पलाइन १०९८ सम्बन्धी जानकारी समुदायलाई दिइएको थियो। आयोजकहरूले यस अभियानमार्फत बालबालिकाको अधिकार संरक्षण, सुरक्षाबारे सचेतना वृद्धि र मानव बेचबिखनविरुद्ध सामूहिक आवाज उठाउने उद्देश्य राखिएको बताए।

प्रतिक्रिया