बालवालिका सँग बाल कचहरी कार्यक्रम सम्पन्न

बालवालिका सँग बाल कचहरी कार्यक्रम सम्पन्न

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं.१ स्थित श्री हिमालय माध्यामिक बिद्यालय तिजको डाँडामा बुधबार बालवालिका सँग बाल कचहरी कार्यक्रम गरेको छ । 

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा तेस्रो परियोजन अन्तरगत बाल अधिकार शासनको क्षेत्रलाई प्रबधन गर्ने उदेस्यले बाल केन्द्रित सामाजिक उत्तरदायित्व बढाउनको लागि बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बाल कचहरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।

बाल कचहरी कार्यक्रम बालबालिकाको सवालहरु पहिचान गरी सम्बोधन गर्ने र जिम्मेबार निकाय तथा ब्यक्तिलाई जवाफदेही बनाउने, असमानता र भेदभावको असरमा परेका बालबालिकाहरुको सचेतना र क्षमता वृद्धि गराउने जसले उनिहरुलाई आफ्ना अधिकार र सेवा हकको माग गर्न, जागरुकता र सक्षम बनाउने, बिद्यालय बाट प्रदान गरिने सबै खालका सेवाहरु जस्तैःभर्ना,शिक्षाको गुणस्तर, बालसंरक्षण र बाल कल्याण,स्वास्थ्य,सरसफाई र पोषण आदीमा पहँुच र गुणस्तरीय अभिवृद्धि गर्ने र सामाजिक संरचनागत अवरोधहरु हटाउने मुख्य उद्धेश्य रहेका थिए । 

कार्यक्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका उप प्रमुख मनसरा कुमारी शर्माले यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमले हाम्रा बिद्यालयको मुहार फेरीदै गएको अनुभव भएको बताइन् । साथै बिद्यार्थीको क्षमता बिकास सँगै गुणस्तरीय शिक्षाको थालनि गर्नुपर्ने उनले बताइन् । उनले पालिकाले उपप्रमुख छात्रबृति कार्यक्रम ल्याई एक बिद्यालय एक जेहेन्दार छात्र र एक गरीब छात्रालाई छात्रबृति कार्यक्रम लागु भएको बताइन् । 


बाल कचहरी कार्यक्रममा शिक्षा यूवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा सहायक तेज बहादुर शाहीले बिद्यालय तहमा अध्ययन गर्ने बालबिकास देखि लिएर कक्षा ५ सम्म प्रत्येक बिद्यालयले दिवा खाजामा हरेक बार खाना चार अवधारणाको सिद्धान्त अवलंम्वन गर्नुपर्ने बताए । साथै उनले अनुगमनको पहिलो पाटो बिद्यालय ब्यावस्थापन समिति रहेको बताए ।  


कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हर्क बि.क.ले बिद्यालयमा बिध्यार्थीहरुले राखेका प्रश्नको जवाफदिदै आउँदा दिनमा बिद्यालयमा बालवालिकाको स्वास्थ्य परिक्षण गर्ने,उचाई,तौल चेकजाँच कार्यक्रमगर्ने प्रतिवद्धता जनाए । 

‘बाल कचहरी’ बालबालिका तथा युवाले सरोकारवाला निकाय समक्ष आफ्ना सवाल राख्ने र आफ्ना अधिकारका लागि सम्बन्धित निकाय एवं स्थानीय, प्रदेश र संघीय सरकारसँग स्वयं उनीहरुकै नेतृत्वमा संवादगर्ने मंच हो ।

चामुण्डाबिन्द्रासैनि नगरपालिका दैलेख तथा सोसेक नेपालको आयोजना र सेभ द चिल्ड्रेन नेपालको आर्थीक सहयोग उक्त बाल कचहरी कार्यक्रम गरीएको हो । सेभ द चिल्ड्रेनले साझेदार संस्था र स्थानिय सरकार सँगको सहकार्यमा बालबालिका तथा युवाले नकारात्मक सामाजिक मूल्यमान्यता लाई चुनौती दिँदै राष्ट्रव्यापी रूपमै बालमैत्रीशासनको स्थापना गर्न निरन्तर कामगर्दै आइरहेको छ् । 
बाल कचहरीमा सरोकारवाला बाट प्रतिबद्धता भएर जारी भएको घोषणापत्र लाई आगामीदिनमा व्यावहारिक रुपमा कार्यान्वयनमा लैजान निरन्तर पैरवीगर्ने सहभागिहरुले धारणा राखे् । कार्यक्रमको सञ्चालन तथा सहजिकरण कार्यक्रम संयोजक राम प्रसाद उप्रेतीले गरेका थिए । 

प्रतिक्रिया