कालीकोटको गगनेखोलामा फेरि गयो पहिरो

कालीकोटको गगनेखोलामा फेरि गयो  पहिरो

कालिकोट - कर्णाली राजमार्गअन्तर्गत कालीकोटको गगनेखोलामा फेरि पहिरो गएको छ । गएराती परेको अबिरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा कर्णाली राजगर्मा पुनः अवरुद्ध भएको हो । शुभकालिका–१ गगनेखोलामा विगत दस वर्ष यता वर्षातको समयमा मात्र होइन हिउँदको समयमा पनि पानी पर्ने वितिकै पहिरो झर्ने गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले रातिको वर्षाले ठुलो पहिरो आएको र खुलाउन समय लाग्ने जनाएको छ । सार्वजनिक सूचना गर्दै प्रहरीले सडक अवरुद्ध छ यात्रा गर्दा यसैलाई मध्यनजर गरेर गर्न भनेको छ । भदौ १३ गते आएको पहिरो पञ्छाएर यातायात सुचारु गरेको ३० मिनेटमा पुनः पहिरो आयो ।

चार दिनपछि उक्त पहिरो पञ्छाएर १६ गते सुचारु भएको पाँच घण्टामा फेरि पहिरो झरेकाले सडक अवरुद्ध भएको थियो । बुधबार बिहान १०ः३० मा पहिरो पञ्छाएर सडक सुचारु गरिएको भए पनि रातिको वर्षाका कारण पहिरो जाँदा पुनः सडक अवरुद्ध भएको प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।

पहिरोका कारणले शुभकालीका गाउँपालिका–१ छातीको गाउँ पहिरोको उच्च जोखिममा छ । यसको विकल्प भनेको सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला अर्थात कर्णाली पारीको सडक प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि कर्णाली नदीमा पक्की पुलको आवश्यकता छ । 

प्रतिक्रिया