कृषि महिला समूहलाई मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी अभिमुखीकरण

कृषि महिला समूहलाई मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी अभिमुखीकरण

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाका विभिन्न कृषि महिला समूहलाई मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना को सहजीकरणमा आयोजित उक्त अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा नगरपालिकाका वडा नं. १, २, ७ र ८ का कृषि महिला समूहका सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रममा सहभागी महिलालाई मौसमी तथा बेमौसमी तरकारी खेतीका आधुनिक तरिका, जैविक मलको उपयोग तथा उत्पादन वृद्धिका उपायबारे प्राविधिक जानकारी दिइएको थियो। साथै, सहभागी महिलाहरूलाई झोलमल (१, २ र ३) तयार गर्ने सीपसमेत प्रदान गरिएको बिहानी परियोजनाले जनाएको छ।

बिहानी परियोजनाका अनुसार यस्तो तालिममार्फत कृषक महिलालाई आत्मनिर्भर बनाउन, आय–आर्जनमा वृद्धि गर्न र स्थानीयस्तरमै सब्जी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ।

प्रतिक्रिया