सोसेक नेपालद्वारा रेडक्रस दिवसको अवसरमा शुभकामना सन्देश

दैलेखः नेपाल रेडक्रस सोसाइटीले ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ आज ६३ औँ स्थापना दिवस मनाइएको छ ।
रेडक्रसको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखाका रेडक्रस सङ्गठन विकास, जुनियर तथा युवा विकास,विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता गतिविधि देशैभर सञ्चालन गर्दै आएको छ ।
यसै बिच सोसेक नेपालले पनि यस दिवशको अवसरमा शुभकामना प्रदान गरेको छ । दिवसको अवसरमा, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले रेडक्रस सोसाइटी विश्वव्यापी रूपमा विशुद्ध मानवीय सेवा र विपद्को क्षेत्रमा काम गर्दै आइरहेको बताए ।
रेडक्रस दिवशको शुभकामना
प्रतिक्रिया