गोठपाँडा कृषक सहकारी संस्थाको १९ औँ साधारण सभा सम्पन्न

गोठपाँडा कृषक सहकारी संस्थाको १९ औँ साधारण सभा सम्पन्न

दैलेख: गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। विहीबार संस्थाकी अध्यक्ष मुना थापाको अध्यक्षतामा साधारण सभा कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी.ले सहकारीमा आवद्ध हुनु भनेको ऋण मात्र लिने होइन, संस्थाको समृद्धिमा योगदान गर्ने सोच राख्नुपर्ने बताए। उनले सहकारीहरू अर्थतन्त्रको खम्बा भएकाले राजनीतिक हस्तक्षेप नरहनु पर्नेमा जोड दिए।


कृषि विकास कार्यालय दैलेखका प्रमुख दसरथ पाण्डेले सहकारीहरूसँग सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
संस्था २०६२ साल फागुन २२ गते २६ जना सदस्यद्वारा मासिक १० रुपैयाँको दरले बचत संकलन गर्दै स्थापना भएको हो। सुरुवाती चरणमा केही समय निष्क्रिय रहेको संस्था २०६८ साल माघ १० गतेको भेलाबाट पुनः सक्रिय हुँदै व्यवसायिक र सदस्य केन्द्रित सहकारीका रूपमा अघि बढिरहेको छ।


हाल संस्था जिल्ला सहकारी संघ, डिभिजन सहकारी बैंक दैलेख र राष्ट्रिय सहकारी महासंघसँग आवद्ध रही व्यवसायिक तथा उत्कृष्ट सहकारीको रूपमा सम्मानित भइसकेको छ । २०८२ असार मसान्तसम्म संस्थामा हाल शेयर सदस्यस् ११८२ जना, मध्य  ७०३ महिला, ४५९ पुरुष, बाल बचतकर्तास् २०६ जना शेयर पुँजी संकलनस् ९८ लाख ९५ हजार रुपैयाँ ,जगेडा कोषस् १ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाहस् ७ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ । यस्तै खुद मुनाफा करिब २८ लाख २८ हजार रुपैयाँ राजस्व ३ लाख २८ हजार रुपैयाँ कुल कारोबारस् २२ करोड रुपैयाँभन्दा बढीरहेको प्रतिवेदनमा उल्लेख छ। 


संस्थाकी अध्यक्ष मुना थापाले सबै सहभागी सदस्यलाई धन्यवाद दिँदै सहकारीलाई अझ पारदर्शी, व्यवसायिक र सबल बनाउने दिशामा निरन्तर अग्रसर रहेको बताइन् ।
साधारण सभामा उत्कृष्ट कृषक, पशुपालक ९गोरु तथा भैसी पालन०, ज्येष्ठ सदस्यहरू तथा एक जना पत्रकारलाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया