ज्वाला सन्देशकर्मी विश्वकर्मा सम्मानित

ज्वाला सन्देशकर्मी विश्वकर्मा सम्मानित

दैलेख: गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभामा ज्वाला सन्देशकर्मी पत्रकार हिमेन्द्र विश्वकर्मा सम्मानित भएका छन् । विहीबार संस्थाका अध्यक्ष मुना थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीका गतिविधिबारे समाचार संकलन र प्रसारण गर्दै आएका पत्रकार विश्वकर्मालाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।


सहकारीले आफ्नो गतिबिधि जनसमक्ष पुर्‍याउन योगदान पुर्‍याएको भन्दै उनलाई विशेष सम्मान गरिएको सहकारीले बताएको छ । सभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा कृषकहरूको आयआर्जन तथा उत्पादन वृद्धिमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो ।
स्थानीय किसानको उत्पादनलाई बजारमैत्री बनाउन, बचत र लगानी प्रवर्द्धन गर्न सहकारी सक्रिय रहँदै आएको छ । पत्रकार विश्वकर्माको सम्मानले सञ्चार क्षेत्र र सहकारीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया