मानव बेचबिखन तथा बसाइँसराइ विरुद्ध अभिमुखीकरण कार्यक्रम

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा मानव बेचबिखन तथा बसाइँसराइ रोकथामका विषयमा बिरेन्द्रनगर–१ स्थित सामुदायिक सिकाइ केन्द्रको हलमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लालिगुँरास टोलका स्थानीय समुदाय तथा सरोकारवालासहित ४६ जनाको सहभागिता रहेको कार्यक्रममा बालअधिकार संरक्षण, सुरक्षित बसाइँसराइ र समाजमा देखिने जोखिमका कारणबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सरोकारवालाले बालबालिकाको सुरक्षा र सशक्तिकरणका लागि सामुदायिक स्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। सहभागीहरूले बालअधिकार हनन हुने जोखिमयुक्त अभ्यास रोकथाम गर्न सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया