दैलेखमा 'हतारको निर्णयले पछुतो' शिर्षकमा सडक नाटक

दैलेखमा 'हतारको निर्णयले पछुतो' शिर्षकमा सडक नाटक

दैलेख: युरोपियन युनियनको  आर्थिक सहयोग , युरोपेलि सघं UNICEF UNFPA,UN WHOMEN, ILO को संयुक्त अभियान,नारायण नगरपालिकाको समन्वयमा सञ्चालित सशक्त महिला समृद्व नेपाल कार्यक्रम अन्तर्गत झझ सकारात्मक लैङ्गिक मापदण्डको प्रबर्द्धन लैङ्गकि हिंसा रोकथाम र यसका सेवाहरुमा पहुच बृद्वि परियोजना मा बाल दिबसको अबसरमा "हतारको निर्णयले पछुतो" शिर्षकमा सडक नाटक रेडक्रस माध्यामिक बिद्यालय भुर्ति दैलेखमा प्रदर्शन गरेको छ। 


शुक्रबार उक्त कार्यक्रममा समुदायको ब्यक्ति , शिक्षक , र बालबालिकाहरुको करीब १५० जनाको सक्रिय सहभागिता रहेको थियो । नाटकमा बालबिबाहको कारण एउटा किशोर किशोरी लाई शारिरिक , मानषिक , र सामाजिक तर्फबाट भोग्नु पर्ने समस्याहरु र बाल विबाहले एउटा ब्यक्ति  लाई मात्र नभई पुरै समाजमा पारेको असरहरु को बारेमा प्रष्ठ परिएको थियो ।

साथै छोरा र छोरीबिचको विभेद, बालविवाह, महिनावारीका बेला खेप्नु परेको सास्ती, महिला हिंसा लगायत समस्याको न्यूनीकरणका लागि  सकारात्मक संन्देश उत्त सडक नाटकमा प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया