विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न

सुर्खेत- सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धी २ दिने कर्णाली प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा कर्णाली प्रदेशका १० जिल्लाका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशका विद्यालयहरूको सबै भन्दा ठुलो समस्या विद्यार्थी सङ्ख्या न्यून हुनु भएको बताउँदै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने गाउँमा ठुला विद्यालय भवन निर्माण भए, शिक्षकको व्यवस्था गरियो तर बालबालिका सहरमा अध्ययन गर्छन् । कर्णाली प्रदेशका पहाडी जिल्लाका बालबालिका सुर्खेत नेपालगञ्जमा अध्ययन गर्ने र हिमाली जिल्लाका बालबालिका प्रदेश बाहिर जाने गरेको उनको उनले बताए ।
सुर्खेतको सुविधा सम्पन्न विद्यालय जनउच्च मा वि भन्दा एसइइ मा भूकम्प प्रभावित जिल्ला जाजरकोटका विद्यालयहरूले उत्तीर्ण गराएको ८० प्रतिशत विद्यार्थीहरूमा शैक्षिक गुणस्तर भएको सुनिश्चित गर्नु पर्ने उनको भनाइ थियो । उनले प्रश्न गरे के सुर्खेत दैलेखका विद्यालय भन्दा जाजरकोटका विद्यालयहरूमा गुणस्तरीय अध्ययन अध्यापन हुने गर्दछ । हामीसँग भएको सर्टिफिकेट र प्राप्त ज्ञानको तालमेल मिलेन भने शैक्षिक बेरोजगारहरू बढ्नेमा उनले चिन्ता व्यक्त गरेका थिए ।
सामाजिक विकास मन्त्रालयको २५ प्रतिशत बजेट विद्यालयको भैतिक पूर्वाधार निर्माणमा खर्च हुने गरेको उनको भनाइ थियो । संघियता पछि शैक्षिक संस्थाहरू स्थानीय तहको मातहतमा भएपछि विद्यालयमा तालिम तथा अनुगमन जस्ता नियमित कामहरू प्रभावित भएको स्विकार्दै उनले भने राज्यसँग श्रोतको अभावका कारण सबै शिक्षकलाई एकै पटक तालिम दिन सकिने अवस्था नभएकाले बिस्तारै सबै शिक्षकहरूलाई तालिम प्रदान गरिनेछ । प्रदेश सरकारले एउटा प्रदेशमा एउटा आवासीय विद्यालय निर्माणका लागी बजेट व्यवस्थापन गरेको छ । ८ देखि कक्षा १० अध्ययन गर्ने बालबालिकाहरूको लागी उपचारात्मक कक्षा सञ्चालन गर्ने योजना रहेको भण्डारीको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिहरूलाई राजनीतिक मुक्त र शिक्षकहरूमा विद्यालयप्रति उर्जाहुने हो भने राम्रा विद्यालय बनाउन सकिने बताउँदै भण्डारीले भने राज्यसँग प्रयाप्त श्रोत नभएका बेला सबै काम एकै पटक गर्न नसकिने रहेछ ।
प्रारम्भिक बाल विकास उमेर समूहका सबै बालबालिकालाई बाल विकास केन्द्रमा भर्ना गरी आवश्यक शैक्षिक सामग्री र स्रोतको सुनिश्चित गरी पाठ्यक्रमअनुसार दैनिक क्रियाकलाप सञ्चालन गर्ने, विद्यालय बाहिर रहेका अपाङ्गता भएका बालबालिका लैगिक तथा यैनिक अल्पसङ्ख्यक सहित सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी निरन्तरता दिने र विद्यालयलाई शतप्रतिशत भर्ना सम्पन्न विद्यालय घोषणा गरी कार्यान्वयन गर्ने, अपाङ्गताको कारण विद्यालय आउन नसक्ने बालबालिकाका लागी स्थानियतहसँग सहकार्य गरी घरमै विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता भएको छ ।
त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार निर्माण गरी बालमैत्री, अपाङ्गतामैत्री, वातावरण मैत्री र सुरक्षित वातावरण सुनिश्चित गर्दै बालबालिकाले रमाएर अध्ययन गर्ने वातावरण तयार गर्ने, शिक्षकको पेसागत विकास योजना तयार गरी शिक्षकको निरन्तर पेसागत विकास बिकासका लागि तालिम, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्ने, शिक्षकहरूबिच सिकाइ तथा अनुभव आदान प्रदान र अध्ययन अवलोकन भ्रमणको प्रबन्ध सहित सूचना प्रविधि सम्बन्धी क्षमता विकास गरी सिकाइका लागि डिजिटल सामुदायिक सञ्जालहरू निर्माणका लागी पहल गर्ने लगायत १४ बुदे सार्वजनिक प्रतिबद्धता भएका छन् ।
गोष्ठीमा मध्यपश्चिम विश्व विद्यालयका अनुसन्धान केन्द्रका निर्देशक डा विष्णुकुमार खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए भने मध्यपश्चिम विश्व विद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक डा यदु प्रसाद ज्ञवालीले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
सोसेक नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया