ड्रेस र किताबसहित माइतीघरमा जम्मा हुन थाले जेनजी

ड्रेस र किताबसहित माइतीघरमा जम्मा हुन थाले जेनजी

काठमाडौं : सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गर्‍यो ।  त्यसको विरोधसहित नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका छन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।

यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ । सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । आज काठमाडौंमा बृहत् प्रदर्शनको तयारीमा रहेका जेनजी पुस्ता अहिले माइतीघर मण्डलामा जुट्न थालेका छन् ।

उनीहरु कलेजको ड्रेस र किताबसहित प्ले कार्ड बोकेर माइतीघर पुगेका छन् । उनीहरुले औपचारिक विरोध कार्यक्रम बिहान ११ बजे तय भएको भए पनि अहिले नै केही युवा पुगेर प्रदर्शन गरिरहेका छन् ।

सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गर्‍यो । यसअघि २०८० मंसिरमा सामाजिक सञ्जाल निर्देशिका जारी गरी सूचीकृत हुन अनुरोध गरेको थियो । सरकारले अचानक सामाजिक सन्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेनजी पुस्ता भएको छ । १२खरी

प्रतिक्रिया