काठमाडौंमा कर्फ्यु जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कफ्र्यु जारी गरेको छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।
प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु लगाएको हो ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन,शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यु आदेश....
प्रतिक्रिया