दैलेखमा युवा पुस्ताको बाइक ¥याली प्रदर्शन

दैलेखमा युवा पुस्ताको बाइक ¥याली प्रदर्शन

दैलेख : सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले दैलेखमा बाइक प्रदर्शन गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा सहित १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा देशैभरी प्रदर्शन गरेका हुन् ।

विभिन्न व्यक्ति र समूहहरुलेसमेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा दैलेख प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् । युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् । 

प्रतिक्रिया