दैलेखमा युवा पुस्ताको बिरोध प्रदर्शन

दैलेख:सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले दैलेखमा टायर बालेर,नाराबाजि लगायर प्रदर्शन गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा सहित १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा देशैभरी प्रदर्शन गरेका हुन् ।
विभिन्न व्यक्ति र समूहहरुलेसमेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा दैलेख प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका,अहिलेको प्रधानमन्त्रिले राजिनामा दिनुपर्ने विषयलाई मुख्य नारा बनाएका छन् ।
प्रतिक्रिया