आत्महत्या विरुद्धको दिवसमा सोसेक नेपालको सन्देश

दैलेख: आत्महत्या केवल व्यक्तिगत पीडा मात्र नभई सामाजिक जिम्मेवारीसँग समेत जोडिएको भन्दै सोसेक नेपालले आत्महत्या विरुद्धको दिवसको अवसरमा विशेष सन्देश जारी गरेको छ।
संस्थाले जारी गरेको प्रेस नोटमा आत्महत्या रोकथाम सम्भव रहेको उल्लेख गर्दै समाजमा सहानुभूति, सहयोग र सुरक्षित वातावरण निर्माण गर्न सबैलाई आह्वान गरिएको छ।
“प्रत्येक वर्ष हजारौं मानिसहरू असहाय परिस्थितिमा आफ्नो जीवन अन्त्य गर्न बाध्य हुन्छन्, जसले परिवार, समुदाय र सम्पूर्ण समाजलाई गहिरो घाउ दिन्छ,” प्रेस नोटमा भनिएको छ, “समयमै सुन्ने, सहयोग गर्ने र पेशेवर सहायता उपलब्ध गराउने संस्कृतिको विकास गर्न आवश्यक छ।”
सोसेक नेपालले मानसिक स्वास्थ्यबारे बोल्न, सहयोग माग्न वा सहयोग दिन लाज वा डर होइन, बरु हिम्मत चाहिने जनाएको छ।
“आत्महत्या होइन, जीवन रोजौँ – यही हाम्रो प्रतिबद्धता हो,” संस्थाले जनाएको छ।
सोसेक नेपालबाट गरिने गतिविधि वा सहयोगसम्बन्धी कुनै गुनासो, सल्लाह वा सुझाव भएमा निशुल्क टोल फ्री नम्बर १६६०८९४२००१ ९नमस्ते प्रयोगकर्ता० वा ९८०१५७४८८८ ९एनसेल प्रयोगकर्ता० मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया