पोखरामा जलाइएको घरमा फेला पर्यो शव

पोखरा: पोखरामा मंगलबार प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए ।
सोही स्वरुम रहेको घरमा एक महिला मृत फेला परेकी हुन् । उनको शव प्रहरीले लगेको छ । स्थानीयका अनुसार मृत महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।
प्रतिक्रिया