डिल्लीबजार कारागारबाट कैदी निस्किन थालेपछि सेनाले यसरी रोक्यो

डिल्लीबजार कारागारबाट कैदी निस्किन थालेपछि सेनाले यसरी रोक्यो

काठमाडौं: काठमाडौंकोडिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् । जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् ।


कास्की कारागारबाट सबै बन्दी भागेका छन् । कपिलवस्तु कारागारबाट ४०० बढी भागेका छन् । सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् । तनहुँ कारागारबाट पनि बन्दी भागेका छन् । अनलाइन्

प्रतिक्रिया