चित्त नबुझेको एउटा परिदृश्य !

चित्त नबुझेको एउटा परिदृश्य !

 

- आयुशा कँडेल

मेरो ज्ञानमा भएसम्म आरजु राणा ६२ वर्षीया महिला हुन्। पढेलेखेकी, उद्यमशीलतामा सामेल भएकी र नेपालको संविधानले, आरक्षणवादीले, महिला अधिकारवादीले र संयुक्त राष्ट्रसंघको योजनाले परिकल्पना गरेको महिला सशक्तीकरणको लक्ष्यको सरदर तहभन्दा धेरै माथिकी महिला हुन्।

उनी भ्रष्टाचारी भएको आम बुझाइ छ, तर त्यो आम बुझाइ र सिर्जित भाष्य मात्र हो, जबसम्म प्रमाणित हुँदैन। मैले सञ्चारमाध्यममा हेरेको उनको अन्तर्वार्तामा उनले आरोप प्रमाणित गर्न चुनौती पटक–पटक दिएकी छिन्।

मानौँ भ्रष्टाचारी नै रहिछन् भने पनि, भ्रष्टाचारीलाई कारबाही गर्ने कानुनले तोकेको विधि र प्रक्रिया छ। के भ्रष्टाचारीलाई अधिकार नभएका व्यक्तिले घरभित्र पसेर सांघातिक हमला गर्न पाइन्छरु धारिलो हतियारले प्रहार गर्न पाइन्छरु आन्दोलनमा पनि महिलालाई महिला प्रहरीले मात्र समात्न पाइन्छ, विमानस्थल र अन्य संवेदनशील स्थानमा महिलाको शरीरको चेकजाँच महिला सुरक्षाकर्मीले मात्र गर्छन्। महिलाका लागि प्रहरीमा छुट्टै महिला सेल छ।

त्यो उमेरकी महिलालाई रगत पच्छे पारेर पुरुषहरूले पटक–पटक भुत्ल्याएको, लात्ताले हानेर ढलाएको र अश्लील शब्द प्रयोग गरेर गाली गरेको देखियो। के भ्रष्टाचारीको मानव अधिकार, महिला अधिकार र कानुनी अधिकार सबै खारेज हुने होरु स्वयं मानव अधिकार आयोगमै महिला छन्, संघीय संसदमा महिला सांसदहरूको क्लव छ। महिला अधिकार र महिला विरुद्ध हुने हिंसाको रखवाली गर्न बसेका अनगिन्ती संस्थाका दिनैपिच्छेका जुलुस र धर्ना देखेकै हो।

सामाजिक सञ्जालमा व्यक्तिगत तवरमा महिला अधिकार र महिलामाथि हुने अनेक खालका हिंसाको विरोध गरेको पनि देखेकै हो। तर यो घटनामा सबै किन मौन बसेरु के आरजु राणा नेपालको कानुन र विश्वव्यापी मान्यता अनुसारको महिला अधिकार र हिंसा रहित सुरक्षित जीवन पाउने अधिकार नभएकी महिला हुन्रु

पार्टीको तह र तप्काबाट पनि एक शब्द निस्केको देखिएन। यहाँ कांग्रेस पार्टी र स्याखुले पल्टेर घटना अनुकूल लय फेरेर राजनीतिको रोटी सेक्नेहरूले हेक्का राख्न जरुरी छ कि आरजु राणा नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुन्। सबै तहका दाइहरूले स्वीकार गरेर अनुमोदन पश्चात समानुपातिकमा सिफारिस भएकी सांसद हुन्।

डाइनिङ टेबलमा बसेर मन्त्री भागलाउँदा मक्ख पर्दै आफ्नो भाग सोरेर कसैले विरोध नगरिएकी तत्कालीन परराष्ट्रमन्त्री हुन्। यदि यी गलत हुन् भने निर्णायक तहको सम्पूर्ण पार्टी गलत हो, निर्णायक तहका दाइ, काका वा हजुरबाजु सब गलत हुन्। पानीमाथिको ओभानो बन्ने छुट कसैलाई छैन।

के पार्टी र जिम्मेवार नेता, अझ महिला सशक्तीकरण र महिलाको अधिकार सुनिश्चितताका लागि छानिएका महिला नेत्रीहरूले भर्त्सना र दोषी उपर कारबाहीको माग गर्नु पर्दैनरु कि यति गर्न पनि तपाईंहरूले भने जस्तो तेत्तीस प्रतिशतले नपुगेर पचास प्रतिशत आरक्षण भए मात्र सम्भव हुने होरु

आरजु राणाको यो हविगत हुने देशमा तपाईंहरूले डलर र राजनीतिका लागि नभई महिला हकहित र सशक्तीकरणको सफा उद्देश्यले नै छाउगोठवाट मुक्ति लगायत अन्य कार्यक्रम भएका हुन् भनेर कसरी मान्ने ?

सायद यो उनले चिनेर–नचिनेर, जानेर–नजानेर, लोभले, स्वार्थले वा अञ्जानवश चाकडीमा चिप्लिएर अवसरवादीहरूलाई काखी च्यापेको परिणति हो।

हिजो यिनीसँग दर खाने, छमछमी तीज नाच्ने, देउडा गाउँदै गौरा नाच्ने, ताजैझैँ गरी वासी फोटो पटक–पटक राख्ने, “आइस्योस र गइस्योस” लाउने, हप्ता दिन धाएर दर्शन गर्ने, पद खाने, काम खाने, “हाम्रो नेता तपाईं नै हो, हाम्रो आगामी पार्टी सभापति हजुर नै हो” इसिन्छ, “हजुरका लागि त हामी ज्यान दिन्छौँ” भन्नेहरूले एक शब्द बोलेको सुनिएन । माथि उल्लेखित कोटरीका वडे–वडे पदाधिकारीदेखि पाइन्टधारीसम्मका महिलाहरूले पनि एक शब्द बोलेनन्। कि तिनीहरू सबै देशको अहिलेको घटनाक्रमसँग बेखबर छन् ।

हाम्रा असन्तुष्टि पछिको करले केही भातृ संगठनमा आबद्धहरूले र नेताले लाजले वा दबाबले शेरबहादुर देउवा प्रति भएको घटनाको भर्त्सना सम्म गरे, तर दोषी उपर कानुनी कारबाहीको माग गर्ने साहस गरेनन्।

दर खानेदेखि तर मार्नेसम्म, तीज नाच्नेदेखि देउडा नाच्नेसम्म, पद खानेदेखि जस खानेसम्म, विशिष्टदेखि सर्वसाधारणसम्म, पुरुषदेखि महिला सम्म कसैले एक शब्द बोलेनन्।

निष्पक्षता र न्यायको विल्ला लगाएका मिडियाले पनि बोलेको देखिएन।

के आरजु देउवा आम महिलाजस्तै मानव अधिकार, महिला अधिकार र नागरिक अधिकार र त्यसले प्रत्याभूत गर्ने मानसिक र भौतिक सुरक्षाको दायरामा नपर्ने महिला नै हुन् त ? 

प्रतिक्रिया