नारायण नगरपालिकाका विद्यालयमा रूपान्तरण कक्षाको अनुगमन
दैलेख: यूरोपियन युनियन र युएनएफपिएको आर्थिक सहयोग तथा नारायण नगरपालिकाको समन्वय र साझेदारीमा सोसेक नेपालद्वारा संचालित “सशक्त महिला, समृद्द नेपाल” (EWPN) कार्यक्रम नारायण नगरपालिकाको वडा नम्बर १, २ र ३ मा संचालित छ । उक्त कार्यक्रमले किशोर–किशोरी, परिवार र समुदायमा लैंगिक समानता, सामाजिक समावेशिता र व्यवहारिक रूपान्तरणलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नारायण नगरपालिका–३ र जनता माध्यमिक विद्यालय नारायण नगरपालिका–२ मा संलग्न भैरहेको रूपान्तरण कक्षा, जनता माध्यमिक विद्यालय रहेको किशोर किशोरी मैत्री सूचना कक्षा , र नारायण नगरपालिका अन्तर्गत जिबिकोपर्जनका लागि व्यवसायिक तालिम र व्यवसायका लागि बिउ पुजी सहयोग पाएका लैंगिक हिंसा प्रभावितहरुको व्यवसायको अनुगमन गरिएको छ ।
उक्त विद्यालयहरुमा भएको अनुगमनमा नगर प्रमुख लोमन शर्मा, उपप्रमुख तप्ता कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा अध्यक्षका साथै सोसेक नेपालको कार्य समितिका पदाधिकारीहरु र सशक्त महिला समृद्द नेपाल कार्यक्रमका कर्मचारीहरु उपस्थिति रहेको थियो ।
हाल वडा नं. १, २ र ३ का तीन विद्यालयमा ६० किशोरी र ६० किशोर गरी १२० जना रूपान्तरण कक्षामा सहभागी भइरहेका छन् । यस्तै, ६० परिवारका करिब २४० सदस्य ‘परिवार संवाद’ कार्यक्रममा र ५० महिला तथा ५० पुरुष गरी १०० जना ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा संलग्न भएका छन् ।
रूपान्तरण कक्षाका सहभागी छात्रा कल्पना नेपाली, सङ्गीता नेपाली र छात्र हरि नेपालीले आफूले सिकेका विषयहरू व्यवहारमा लागू गरेको अनुभव सुनाए। उनीहरूले पहिले बालविवाह, छाउपडी, लिङ्ग विभेद र छुवाछुतजस्ता हानिकारक सामाजिक व्यवहार व्यापक रहेको उल्लेख गर्दै अहिले समाजमा उल्लेखनीय सुधार देखिएको बताए । छाऊ हुदा पहिला बाहिर बस्नु पर्ने र दुध दहि खान पाइदैन थियो । अहिले पुजा कोठामा नजाने तर घरमै बस्न र दुध दहि खान दिने बताए । “पहिले स्कुल जान मन लाग्दैनथ्यो, तर अहिले साथीहरूसँग मिलेर जान्छौं। परिवारमा पनि सोचाइ र व्यवहारमा सुधार आएको छ,” उनीहरूको भनाइ थियो ।
सोसेक नेपालका महासचिव ललिता भण्डारीले सिकाइ मात्र नभई व्यवहारमा परिवर्तन देखिनु आवश्यक रहेको उल्लेख गर्दै सहभागीहरूलाई सिकेका विषयमा अभिभावकसँग छलफल गर्न आग्रह गरिन्। “सिर्फ कक्षामा सिकेर मात्र हुँदैन, त्यो व्यवहारमा उतार्न सक्नुपर्छ,” उनले भनिन् ।
ससक्त महिला सबृद्धि नेपाल कार्यक्रमका कार्यक्रम प्रमुख रमेश थापाले रूपान्तरण कक्षामा बाल अधिकार, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, किशोरावस्थामा देखिने परिवर्तन, बालविवाह, विभेद तथा छुवाछुत जस्ता हानिकारक अभ्यास र यसले जीवनमा परेको असर र रुपन्तरणका लागि जीवन उपयोगी शीपको विषयमा सिकाइने बताए । थापाका अनुसार “सुरुमा ‘म को हुँ’ भन्ने आत्मपहिचानबाट सुरु हुने यो कक्षा हप्तामा दुई दिन सञ्चालन हुदै आइरहेको छ र कुल ३० सेसन मध्ये हाल सम्म २० सेसन सम्पन्न भइसकेका छन् ।
नगर प्रमुख लोमन शर्माले रूपान्तरण कार्यक्रम नारायण नगरपालिकाको कार्यक्रम सशक्त महिला समृद्द नेपाल कार्यक्रम मार्फत युरोपियन युनियन, युएनएफपिए र सोसेक नेपालले सहयोग गरेको र पालिका संगको साझेदारीमा संचालन भैरहेको बताए । “यदि सहभागीहरूले आफूले सिकेको ज्ञानलाई व्यवहारमा उतारी गाउँमा फैलाउन सकेमा समाज रूपान्तरण सम्भव छ,” उनले भने् ।

वडा नं २ का अध्यक्ष रेशम थापाले अझै पनि समाजमा दलित र गैरदलितबीच भेदभाव कायम रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसप्रति पनि सचेत हुनुपर्ने धारणा राखे। “रूपान्तरण कक्षाको प्रभाव केवल घरभित्र मात्र सीमित हुनु हुँदैन, यसले समुदाय स्तरमा पनि परिवर्तन ल्याउनुपर्छ,” उनले जोड दिए ।
किशोर किशोरी मैत्री सूचना कक्षामा विध्यार्थीहरुको पहुच सहज भएको र बिगत २ महिनामा ७२ जनाले ए एफ आइ सी भ्रमण गरेको र जसबाट यौन तथा प्रजनन स्वास्थ्यको बारेमा बढी जानकरी पाएको किशोर किशोरीहरुले बताए । हालै देखि ए एफ आइ सी बात विद्यालय नर्सले सेवा दिन र सहजी कारण गर्न सुरु गरेको र उक्त ए एफ आइ सी सुद्दढिकारण क लागि वडा नम्बर २ बाट दश हजार बिनियोजन भएको छ ।
लैंगिक हिंसा प्रभावित महिलालाई व्यवसायिक तालिम दिई बिउ पुजी उपलब्ध गराएकोमा उक्त रकम बाट बाख्रा पालन गरेको र हाल भैसी पनि किनेर दुध बेच्ने गरेको र उक्त सहयोगले घर धन्दा चलाउन सहज भएको उक्त महिलाले बताइन् ।
अनुगमन टोलीले सहभागीहरूसँग अन्तरक्रिया गर्दै आगामी दिनमा व्यावसायिक सीप विकास तथा जीविकोपार्जनका कार्यक्रममार्फत थप सहयोग गर्ने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया