खाडाचक्रमा महिला समूहसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा महिला समूहसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा खाडाचक्र नगरपालिका–२ को पञ्चदेव महिला समूह र वडा नं. ४ को पीपल चौतारी महिला समूहसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा महिला हिंसा, बालदुर्व्यवहार रोकथाम तथा १०९८ बालहेल्पलाइन सेवाबारे जानकारी दिइएको थियो । सहभागी महिलाहरूमाझ संस्थाको गतिविधि, लैङ्गिक हिंसाविरुद्धको सचेतना र बालबालिकाको हकहितमा समुदायको भूमिकाबारे विशेष छलफल गरिएको थियो ।
समूहका सदस्यहरूले यस्ता कार्यक्रमले महिलामाझ जागरण वृद्धि गर्ने, बालबालिकाको अधिकार संरक्षणमा समुदायलाई जिम्मेवार बनाउने र हिंसा रोकथाममा प्रभावकारी योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया