ठाटीकाँधमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
ठाटीकाँध- संविधान दिवसको अवसरमा दैलेखको ठाटीकाँध गाउँपालिकामा आधारभूत तह पालिका–स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
ठाटीकाँध गाउँपालिका र सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाको संयुक्त आयोजनामा आधारभूत तह (कक्षा ६ देखि ८ सम्म) स्तरीय पालिका–स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिता ठाटीकाँध गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न भएको सहकार्य परियोजनाले जनाएको छ ।
प्रतियोगितामा मालिका माध्यमिक विद्यालय पाँचालाले प्रथम स्थान हासिल गर्न सफल भयो । सोहीअनुसार कृष्ण माध्यमिक विद्यालय, लकान्द्रले द्वितीय स्थान प्राप्त गर्दा बालकल्याण आधारभूत विद्यालयले तृतीय स्थान हासिल गरेको थियो ।

ठाटीकाँध गाउँपालिकाभित्रका ८ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीहरूलाई संविधान, राष्ट्रिय पहिचान तथा समसामयिक ज्ञानका विषयमा प्रश्न–उत्तर गराइने यस प्रतियोगिताले उनीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताका विजयी टोलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।



प्रतिक्रिया