खाडाचक्रमा मौसमी बसाइँसराई सम्बन्धी सरोकारवालासँग अन्तक्रिया
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा मौसमी बसाइँसराई सम्बन्धी स्थानीय सरोकारवालासँगअन्तक्रिया कार्यक्रम गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा खाडाचक्र नगरपालिकामा सञ्चालित आधार परियोजनाको सहजीकरणमा उक्त अन्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, विद्यालय प्रमुख तथा - १ देखि ५ नम्बर वडासम्मका विभिन्न महिला समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
सहभागी समूहहरूमा पञ्चदेव महिला समूह, कोइरेल गाउँ महिला समूह, डोहोलटोल महिला समूह, सालडाँडा महिला समूह, समाज सुधार महिला समूह, फुलबारी महिला समूह, महादेव महिला समूह र पुजामालिका महिला समूह समावेश थिए ।
महिला तथा युवाबीचको अन्तरक्रिया कार्यक्रममार्फत मौसमी बसाइँसराइका प्रभाव, चुनौती र समाधानबारे गहन छलफल गरिएको आधार परियोजनाले जनाएको छ।

प्रतिक्रिया