महिला तथा बालवालिका सेवाकेन्द्र (सेफहाउस)लाई सहयोग

महिला तथा बालवालिका सेवाकेन्द्र (सेफहाउस)लाई सहयोग

दैलेखः समाजसेवी तथा पार्कइन होटलका सञ्चालक रुपक थापाले महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था सोसेक नेपाल  द्धारा सञ्चालित महिला तथा बालवालिका सेवाकेन्द्र (सेफहाउस)लाई आर्थिक सहयोग गरेका छन्। बिहीवार एक कार्यक्रमका बिच थापाले सुरक्षित आवास गृह र बालहेल्पलाइन सञ्चालनका लागि उनले बाल हेल्पलाइनको सहयोग स्वरुप बिस हजार रुपैया सहयोग गरेकाहुन सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापालाई  सहयोग स्वरुप बिस हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन्। उनी स्वयं अफिसमै पुगेर सहयोग हस्तान्तरण गर्दै संस्थाको कामप्रति प्रशंसा व्यक्त गरे।
"मैले विगतमा पनि व्यक्तिगत रूपमा समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छु '' थापाले भने, "तर यस पटक सोसेक नेपालजस्तो संस्थासँग सहकार्य गर्दै सहयोग गर्न पाएकोमा अझ बढी खुसी लागेको छ।"


दैलेख जन्मथलो भएको जनाउँदै थापाले सामाजिक उत्तरदायित्व स्वरूप आगामी दिनमा पनि यस्ता सहयोग कार्यहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। सोसेक नेपालले लामो समयदेखि दैलेख लगायतका विभिन्न जिल्लाहरुमा महिला र बालबालिकाको संरक्षण, हिंसा विरुद्धको पैरवी तथा पुनःस्थापना सेवामा कार्य गर्दै आएको छ। संस्थाका कार्यकारी निर्देशक थापाले समाजका अग्रणी व्यवसायीबाट यस्तो सहयोग पाउनु बालवालिकाको लागि  प्रेरणादायी भएको बताए।

प्रतिक्रिया