दैलेख उधोग बाणिज्य संघको शुभकामना आदानप्रदान

दैलेख उधोग बाणिज्य संघको शुभकामना आदानप्रदान News

दैलेखः दैलेख उधोग बाणिज्य संघ दैलेखले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नजिकिदै गएको वडा दशै,दिपावली र छठ पर्व २०८२ को अबसर पारेर संघले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका अवसरमा  शुभकामना दिदै नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सीले सुचना प्रविधि सँगै कला सस्कृतिको जगेर्ना गर्नुपर्ने अवस्था आएको बताए । साथै उनले जनप्रतिनिधि र कर्मचारी बिच दुरी नजिक अनि राम्रो भयो भने मात्रै बिकासमा अगाडि बढ्ने बताए । नजिकै भित्रीएको चार्डपर्वहरु तडक भडक नगरी एकता, उमंगका साथ मनाउन आग्रह गर्दै शुभकामना  दिए ।

 
 नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले संस्थागत हितका लागि, सस्थागत संरक्षणका लागि नियमित ब्यावसायिसँग नजिकहुन आग्रह गरे । संघले सदस्यता नविकरण,नया सदस्यताको प्रक्रिया नियमित गर्यो भने निर्वाचनको समयमा धेरै सहजहुने बताए । साथै बिजया दशमी तथा दिपावलीको शुभकामना दिए ।
नेकपा एमाले जिल्ला सचिव हिमालय जंग शाहीले कार्यक्रमम हाँमिबिच एकता कायम गर्ने आयोजना गरेकोमा उधोग बाणिज्य संघलाई धन्यवाद संगै शुभकामना दिए ।  हिजोका राजनीतिक दल अबको परिवेशमा सच्चिने अवस्था  आएको बताए । जनजिवनमा बिकास नभएको होईन तर जनताको जिवस्तरमा नीति,नियम र बिकासमा कमि भएको कारणले अहिलेका युवाले यो देशमा यस्तो अवस्था सृजना भएको बताए ।

कार्यक्रमका अवसरमा बोल्दै नेकपा समाजबादी पार्टीका जिल्ला अध्यक्ष मयाराम अधिकारीले दैलेखको उधोग,ब्यापार अवस्था कठिन अवस्थामा भएकोले दैलेख उधोग बाणिज्य संघले व्यापार ब्यावसाय र अर्थतन्त्र सुधारको बाटो तर्फ अग्रसर हुनुपर्ने बताए । यस्तै नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य रत्नेश श्रेष्ठले  देश रोहीरहेको अवस्थामा हामी नरमाइलो अवस्थामा पनि हामीले चार्डबाड मनाउने अवस्था आएको धारणा राखे । साथै उनले पहिले देशलाई बचाउ त्येसपछी चार्डपर्ब मनाउन आग्रह गर्दै   शुभकामना दिए ।
दैलेख उधोग बाणिज्य संघ दैलेखका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष नरेन्द्र थापाले उधोग बाणिज्य सघ सबै उधोगि ब्यापारी निजि क्षेत्रको साझा संस्था हो । नजिकै भित्रीएको नेपालीहरुको महानपर्बहरु भाईचाराको सम्बन्ध कायम गर्दै हर्ष,उल्सास र उमंगका साथ मनाउन सम्पुर्ण  दैलेख जिल्ला बासीहरु, उधोगि, ब्यापारी लगायत जिल्ला बासीहरुमा शुभकामना दिए । कार्यक्रममा जिल्लाका राजनितिक दल, कार्यलय प्रमुख,समाजसेवि,उधोगि,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया