विश्व शिक्षक दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश
दैलेखः विश्व शिक्षक दिवस २०२५ अर्थात २०८२ को अवसरमा सोसेक नेपालले शुभकामना व्यक्त गरेको छ । आइतबार सोसेक नेपालले एक प्रेस नोट जारी गर्दै “गुणस्तरीय शिक्षाको ज्योति फैलाउने शिक्षकहरू, समाज रूपान्तरणका आधार स्तम्भ हुन्” भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै, हामी सबैका जीवनमा ज्ञान, चेतना र अनुशासनको बीज रोप्ने गुरुज्यूहरू प्रति आजको यस विशेष दिनमा गहिरो सम्मान व्यक्त गर्दछौं । शिक्षक नै ती सर्जक हुन् जसले अन्धकारमा प्रकाश ल्याउँछन्, अज्ञानतालाई ज्ञानको ज्योति बनाउँछन् र हरेक बालबालिकामा सपनाको सम्भावना जगाउँछन् उक्त प्रेसनोटमा व्यक्त गरेको हो ।
सोसेक नेपाल शिक्षालाई दिगो विकासको मूल आधारका रूपमा लिँदै, हरेक बालबालिकाले समान अवसरका साथ गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने दृष्टिकोणमा प्रतिबद्ध छ । यस अभियानमा प्रत्येक शिक्षकको योगदान अतुलनीय छ ।
अन्तमा, यस अवसरमा हामी सबैले मिलेर शिक्षा क्षेत्रमा पारदर्शिता, समावेशिता र गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास जारी राख्ने संकल्प गरौं । साथै, आफ्ना कार्यसम्बन्धी सुझाव, गुनासो वा सल्लाहका लागि टोल फ्री नम्बर १६६०८९४२००१ र ९८०१५७४८८८ मा सम्पर्क गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया