भालुको आक्रमणबाट चार जना घाइते
जुम्ला- जुम्लामा आइतबार र सोमबार गरी भालुको आक्रमणबाट चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रबिन बाबु रेग्मीका अनुसार यी घटनाहरू घाँस काट्ने र च्याउ फार्मतर्फ जाने क्रममा भएका हुन्।
आइतबार गुठीचौर गाउँपालिका–३ मा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परेर १७ वर्षीया सिर्जना कामी र गोमति कामी घाइते भएका थिए । सोमबार पनि दुई फरक स्थानमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
गुठीचौर–५ मा ५५ वर्षीय झ्यापु धिताल घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेर घाइते भएका हुन्। त्यसैगरी तातोपानी गाउँपालिका–४ मा च्याउ फार्मतर्फ जाँदै गरेका १८ वर्षीय दिपेन्द्र न्यौपाने पनि भालुको आक्रमणबाट घाइते भएका छन्।
सभी घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया