दैलेखमा आठबिस कप खुला भलिबल प्रतियोगिता सम्पन्न
दैलेख - दैलेखको आठबिस नगरपालिकामा अन्तरपालिका स्तरीय तेर्सो आठबिस कप खुला (पुरुष) भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । सात्तला भैलीको अवसर पारेर आयोजना गरिएको सो प्रतियोगितामा १४ वटा टिम सहभागी भएका थिए।
दुई दिनसम्म चलेको प्रतियोगितामा सल्यानको गणेश निर्माण सेवा, सल्यान प्रथम भएको छ। त्यसैगरी सुर्खेतको चिगाड गाउँपालिका दोस्रो, आठबिस नगरपालिका तेस्रो र दुल्लु नगरपालिका चौथो स्थानमा रहेका छन्।
प्रतियोगिताबारे जानकारी दिँदै ठाटीकाँध गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष दिक्पाल कुमार शाहीले यस प्रतियोगिताले नगरहरूबीचको आपसी सहयोग र खेल प्रवर्द्धन गर्न सहयोग पुर्याएको बताए ।
विजेता टोलिहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको थियो । पहिलो हुने टोलीले रु १ लाख ११ हजार १११, दोस्रो हुनेले रु ७१ हजार १११ र तेस्रो हुनेले रु ३३ हजार १११ पुरस्कार प्राप्त गरेका छन्।


प्रतिक्रिया