विश्व दृष्टि दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश
दैलेखः विश्व दृष्टि दिवस २०२५ अर्थात २०८२ को अवसरमा सोसेक नेपालले शुभकामना व्यक्त गरेको छ । बिहिबार सोसेक नेपालले एक प्रेस नोट जारी गर्दै दृष्टि सबैका लागि – समान पहुँच र अधिकारको सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै,सोसेक नेपाल दृष्टि गुमाएका, दृष्टि समस्याबाट पीडित, र दृष्टि सेवा प्रवाहमा संलग्न सम्पूर्ण व्यक्ति, संस्था तथा सरोकारवालाहरूलाई हार्दिक सम्मान, एकता, र शुभकामना उक्त प्रेसनोटमा व्यक्त गरेको हो ।
हामी स्वास्थ्य, पहुँच, र समावेशीतामा आधारित दृष्टि सेवा प्रवाह तथा “सबैका लागि दृष्टि” (Vision for All) को अभियानमा सहकार्य र सशक्तिकरणका लागि प्रतिबद्धता छौं । आउनुहोस्, दृष्टि अधिकारलाई मानव अधिकारका रूपमा मानेर दृष्टि सेवामा समानता, समावेशिता र सहयोगको वातावरण बनाऔं ।
अन्तमा, यस अवसरमा हामी सबैले मिलेर शिक्षा क्षेत्रमा पारदर्शिता, समावेशिता र गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास जारी राख्ने संकल्प गरौं । साथै, आफ्ना कार्यसम्बन्धी सुझाव, गुनासो वा सल्लाहका लागि टोल फ्री नम्बर १६६०८९४२००१ र ९८०१५७४८८८ मा सम्पर्क गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया