विश्व मानसिक स्वास्थ्य दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश

विश्व मानसिक स्वास्थ्य दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश

दैलेखः विश्व मानसिक स्वास्थ्य दिवस २०२५ अर्थात  २०८२ को अवसरमा सोसेक नेपालले  शुभकामना व्यक्त गरेको छ । शुक्रबार सोसेक नेपालले एक प्रेस नोट जारी गर्दै “मानसिक स्वास्थ्य सबैको मौलिक अधिकार हो” भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै, मानसिक स्वास्थ्य नै समग्र स्वास्थ्यको मेरुदण्ड हो । त्यसैले विश्व मानसिक स्वास्थ्य दिवस २०२५ का अवसरमा हामी सोसेक  नेपालको तर्फबाट सम्पूर्ण नागरिकहरू, साझेदार संस्था, बालबालिका, किशोरी, युवा, वृद्धवृद्धा, महिला तथा हाशियामा पारिएका समुदायप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ । हाँमी प्रत्येक व्यक्तिको मानसिक स्वास्थ्यलाई सम्मान, सहयोग र संवेदनशीलताका साथ बुझ्नुपर्ने आवश्यकता महसुस गर्दछौं। मानसिक समस्यालाई लुकाउनु होइन, खुलेर बोलौं – सहयोग गरौं, सुरक्षित बनाऔं  उक्त प्रेसनोटमा उल्लेख गरिएको छ ।


सोसेक नेपाल समुदायमा आधारित मानसिक स्वास्थ्य सेवाको पहुँच, परामर्श सेवा, बालमैत्री तथा महिला मैत्री कार्यक्रममार्फत मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै आएको छ ।
आउनुहोस् बोलौं, सुनौं, समर्थन गरौं – मानसिक स्वास्थ्यका लागि एकजुट होऔं । अन्तमा, यस अवसरमा हामी सबैले मिलेर शिक्षा क्षेत्रमा पारदर्शिता, समावेशिता र गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास जारी राख्ने संकल्प गरौं । साथै, आफ्ना कार्यसम्बन्धी सुझाव, गुनासो वा सल्लाहका लागि टोल फ्री नम्बर १६६०८९४२००१ र ९८०१५७४८८८  मा सम्पर्क गर्न आह्वान गरेको छ ।


 

प्रतिक्रिया