दुल्लुमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन हुने

दुल्लुमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन हुने

दैलेख  -  दुल्लु नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा आगामी असोज २६ र २७ गते दुल्लुमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन हुने भएको छ।

शिविर विजया माध्यमिक विद्यालय, दुल्लुमा सञ्चालन हुनेछ । नगरवासीसहित समग्र दैलेख जिल्लाका आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको दुल्लु नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार शिविरमा आँखा परीक्षण, परामर्श, औषधि वितरणदेखि मोतिबिन्दु तथा अन्य समस्या पहिचान गर्ने काम समेत हुनेछ । आवश्यक परे शल्यक्रिया सेवाका लागि बिरामीहरूलाई दाङस्थित राप्ती आँखा अस्पतालमा सिफारिस गरिनेछ।

नगरपालिकाले सबै नागरिकलाई समयमै उपस्थित भई नाम दर्ता गर्न र निःशुल्क उपचार सेवाको लाभ लिन अनुरोध गरेको छ । आयोजकले आँखा सम्बन्धी रोग समयमै उपचार नगर्दा दृष्टि गुम्ने जोखिम बढ्ने भएकाले सचेत रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया