विश्व बालिका दिवसको अवसरमा सोसेकको शुभकामना

विश्व बालिका दिवसको अवसरमा सोसेकको शुभकामना

दैलेख – “सशक्त बालिका: समान अवसर, उज्यालो भविष्य” भन्ने नारासहित सोसेक नेपालले विश्व बालिका दिवस २०२५ अवसरमा समस्त बालिकाहरू, अभिभावक, शिक्षक, नीति निर्माता र अधिकारकर्मीहरूलाई शुभकामना व्यक्त गरेको छ ।

संस्थाले बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, समान अवसर र नेतृत्व विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।

अझै पनि ग्रामीणदेखि शहरी क्षेत्रसम्म बालिका बालविवाह, लैङ्गिक विभेद र हिंसाबाट प्रभावित रहेको उल्लेख गर्दै सोसेकले बालिकामैत्री समाज निर्माणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

“आजको बालिका - भोलिको सक्षम नेतृत्व” भन्ने सन्देशसहित सोसेकले बालिकाको आवाज सुन्ने, अवसर दिने र नेतृत्वमा अघि बढाउने वातावरण सिर्जना गर्न सबैलाई आग्रह गरेको छ।

साथै, सोसेकले आफ्नो कार्यमा कुनै गुनासो वा सल्लाह भएमा निशुल्क टोल–फ्री नम्बर १६६०८९४२००१ वा ९८०१५७४८८८ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया