चाडपर्व लक्षित तल्लो डुङ्गेश्वर बजार अनुगमन

चाडपर्व लक्षित तल्लो डुङ्गेश्वर बजार अनुगमन

दैलेखः उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन समितिले शनिवार गुराँस गाउँपालिकाको–२ डुङ्गेश्वर बजार र दुल्लु नगरपालिका –१ डुङ्गेश्वर बजारको दशै तिहार लक्षित बजार अनुगमन गरेको छ ।

चाडपर्वको समयमा खाद्यान्न,  लत्ता कपडा, होटेल, औषधि पसल, एग्रोभेट र दैनिक उपभोग्य बस्तुको गुणस्तर तथा शुद्धता, मूल्य र सहज उपलब्धता विषयमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख शंकर थापाले बताए । अनुगमनको क्रममा एकै ठाउँमा पटक–पटक अटेर गरेमा सुधार्नुपर्ने नसुधारे थप कारबाहीको दायरामा ल्याउने थापाले बताए ।


बर्सेनि सदरमुकाममा मात्रै अनुगमन गर्ने तर गाउँ बजारका पसलहरू नगरेकोप्रति गुनासो बढ्ने गरेको थियो । तर, यस पटक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले सदरमुकामसँगै गाउँमा रहेका पसलहरूमा केन्द्रित गरेर अनुगमन गरीएको छ ।  
पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका खाद्यान्नका सामान, तरकारी विषादी,विभिन्न खालका मसला, नव रङ्ग कलर लगायतका घरेलु मदिरा,मदिरा बनाउने कच्चा पदार्थ गरी करिब १४ हजार बरावरको सामान नष्ट गरिएको छ ।

व्यवसाय दर्ता, नवीकरण तथा अद्यावधिक गर्न प्रोत्साहित गर्न, दर्ता नभई सञ्चालन भएका व्यवसायहरूलाई अनिवार्य दर्ता गर्न लगाउने, खरिद बिक्री बिल तथा खाता व्यवस्थित नगरेको, व्यवसायको प्रकृति खुल्ने चिनारीसहितको बोर्ड नराखेका खाद्यान्न तथा होटेल व्यवसायीलाई कानुनी दायरामा आउन सचेतना मूलक जानकारी प्रदान गर्नुको साथै सुधारको लागि जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा जित बहादुर खत्रीले निर्देशन दिए । 
तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका सूचना अधिकारी परशुराम आचार्यले जानकारी दिए । 
संयुक्त बजार अनुगमनमा वडा जनप्रतिनिधि, पत्रकार र प्रहरी ,उधोग बाणिज्य संघ,बजार व्यवस्थापन समितिको समेतको सहभागिता थियो । यस भन्दा अघि दैलेख बजार,बेस्तडा बजारहरुमा अनुगमन गरिएको थियो ।


 

प्रतिक्रिया